कार यातायातको साधन हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा प्रयोग गरिन्छ । तर बेलायतमा गरिएको एक अध्ययनले भने कारको प्रयोग केवल यातायातको साधनको रुपमा मात्र नभएको देखाएको छ । र्सर्भेक्षण अनुसार आधा भन्दा धेरै कारधनीहरु आफ्नो कारलाई यातायातको साधन मात्र नभएर सम्भोगको क्रिडास्थल बनाउने गरेका छन् । बेलायतीहरु कुन कम्पनीको कारभित्र यौनक्रिडा गर्न बढि रुचाउँछन् भन्ने कुराको पनि खुलासा गरेको छ । जस अनुसार उनीहरु जर्मन कार फक्सवागन गल्फ र अमेरिकन कार फार्ड फियस्टाभित्र सम्भोग गर्न चाहन्छन् । र्सर्भेक्षणका अनुसार बेलायतीहरु घरभित्र वा अन्य कुनै ठाउँमा भन्दा कारभित्र सम्भोगको मज्जा लिन रुचाउँछन् । र्सर्भेक्षण अनुसार ५ प्रतिशत मानिसले वाक्सल आस्ट्रा कारमा रोमानस तथा सेक्स गरेका छन् । ५ प्रतिशतले जापानी कार निसाभित्र सेक्स गरेको स्विकार गरे । ८ प्रतिशत मानिसले एसयुबी कारलाई सेक्सस्थलका रुपमा प्रयोग गरेको बताए । ११ प्रतिशतले फोर्डको एर्स्कर्ट कारभित्र तथा १५ प्रतिशतले प्युजो कारभित्र यौनक्रिडा गरेको बताएका छन् । क्लियो कारलाई १८ प्रतिशतले सम्भोगस्थलको रुपमा रोज्ने गरेका छन् भने ह्याचब्याक मिनी २१ प्रतिशतको रोजाइमा परेको छ । २३ प्रतिशतले वाक्सल कोरसा कारभित्र सम्भोग गर्ने गरेको पाइएको छ । फक्सवागनको ह्याचब्याक कार गोल्फभित्र सम्भोग गर्ने २७ प्रतिशत छन् भने फोर्डको फियस्टालाई २९ प्रतिशतले सम्भोगका बेला प्रयोग गर्ने गरेका छन्